नियम
कार्यालयको स्थापना

(१) ऐनको दफा १६ बमोजिम आयोगले आफैले सम्पादन गर्नु पर्ने कामको लागि आवश्यकता अनुसार क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालय स्थापना गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम कार्यालय स्थापना गर्दा जिल्लाको सदरमुकाम रहेको स्थानमा गरिनेछ ।

(३) क्षेत्रीय निर्वाचन कार्यालय रहेको जिल्लामा जिल्ला निर्वाचन कार्यालय स्थापना गरिने छैन ।